बिराटनगर।
झापाको झापा गाउँपालिका–४ बाट प्रतिबन्धित लागू औषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार प्रहरी चौकी टाघनडुव्बाबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा शंकास्पद अवस्थामा रहेका दमक नगरपालिका–३ का २२ बर्षीय जीवन सार्कीको साथबाट ५ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
त्यसैगरी बिराटनगर–१६ बाट लागू औषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–१४ का २९ बर्षीय सुरेन चौधरीलाई नाईट्रोभेट १०० ट्रयावलेटसहित पक्राउ गरेको छ ।
लागू औषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।