बिराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बुधवार(आज) दोस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
मण्डललाई मन्त्री नियुक्तसँगै आजै पद तथा गोपनीयताको शपथको तयारी गरिएको छ। कोशीमा सभामुख रिक्त रहेको छ भने उपसभा मुखले सभा नचलाएको अवस्थामा ज्येष्ठ सदस्यले सभा चलाउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा थापाले विश्वासको मत नपाउने देखेपछि मण्डललाई मन्त्रीको शपथ गराउन लागेका हुन्।