कनकाई । 

ढकालबन्धु हित तथा बंशावली एकीकृत समाज द्वारा आयोजित एक महिने श्रावणी जलार्पण, रुद्राभिषेक तथा पुरुषोत्तम पुजाको समापन भएको छ । ढकाल बन्धुको केन्द्रिय कार्यालय कनकाई धाम कोटिहोममा साउनको पहिलो दिनबाट बिबिध कार्यक्रमसहित शुरु गरिएको एक महिने श्रावणी जलार्पण, रुद्राभिषेक तथा पुरुषोत्तम पुजाको समापन बिशेष कार्यक्रम गर्दै समापन गरिएको हो ।

ढकाल बन्धु समाजका जिल्ला उपाध्यक्ष तथा एक महिने श्रावणी जलार्पण, रुद्राभिषेक तथा पुरुषोत्तम पुजा कार्यक्रमका संयोजक भरतकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तारादेवी ढकाल रहेकी थिइन् । प्रमुख अतिथि ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै बन्धुहरुको एकता अझ बलियो हुनुपर्नेमा जोड दिइन् ।उनले अक्षयकोषको लागि प्रत्येक बर्ष रकम थप्दै जाने प्रतिवद्धतासमेत जनाइन् ।

कार्यक्रम संयोजक ढकालले एक महिने श्रावणी जलार्पण, रुद्राभिषेक तथा पुरुषोत्तम पुजा कार्यक्रमको सुरुवाती चरणमा साउन १ बाट साउन ५ गतेसम्म पताञ्जल योग समितिसँग सहकार्य गरेर योग शिविर समेत सञ्चालन गरिएको बताए । 

कार्यक्रममा समाजका केन्द्रिय लेखा संयोजक चुडामणि ढकाल, उपाध्यक्ष कृष्ण ढकाल, पारसमणि ढकाल, अम्बिका ढकाल, जिल्ला अध्यक्ष रामप्रसाद ढकाल, रेवत ढकाल, तिलोचन ढकाल, लोकराम ढकाल, अम्बिका ढकाल, डिल्लीराम ढकाल, कमल गाउपालिकाका अध्यक्ष कृष्ण ढकाललगायतले सम्बोधन गरेका थिए । 

कार्यक्रममा नगर सदस्यहरुलगायत ढकाल बन्धुहरुको उल्लेख्य उपस्थिति रहेको थियो । समापन कार्यक्रममा सहजिकरण जिल्ला समिति सचिब मोहन ढकालले गरेका थिए ।