बिर्तामोड  । 

 बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच इन्द्रप्रसाद कटुवालद्वारा लिखित योगसाधना महाकाब्य माथि चर्चा परिचर्चा सम्पन्न भएको छ ।जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषमा आयोजित कार्यक्रममा कृतिमाथि चर्चा परिचर्चा गरिएको हो ।

विष्णुकुमार भट्टराईको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृतिका लेखक कट्वालले स्वागत र नैनकला भट्टराईले गरेकी थिइन ।

कोमल पोखरेलले कटुवालद्वारा लिखित योगसाधना अध्यात्मपरक महाकाब्य रहेको उल्लेख कृतिमाथि दृष्टिकोण आ आफ्नै रहन सक्ने बताए । अध्यात्मपरक कृतिमा लेखकको आत्माले जे बोध गर्यो त्यो नै अध्यात्म हुने पोखरेलको भनाई थियो । कटुवालद्वारा लिखित महाकाब्य योगसाधना विधा अन्तरगत आफ्नो नजरमा पहिलो रहेको बताए ।  

कार्यक्रममा साहित्यकार मिश्र बैजयन्ती समय अनुसार आदर्शवादको ब्याख्या पनि परिवर्तन हुनुपर्ने बताउँदै समाज नै वक्र रेखामा हिडेको परिस्थितिमा महिलामात्र आदर्शवादमा हिड्न सक्छ कि सक्दैन रु आदर्शवादको शुत्र बनाउने को हो रु भन्ने कुरा खड्किएको टिप्पणी गरिन् । महिला र पुरुष दुवै आदर्शवान हुनुपर्नेमा उनको जोड थियो । चर्चाका क्रममा योगानन्द र योगसाधनालाई पढ्दा दाल भात खाएजस्तै लागेको बताउँदै पाठकले खोर्सानी पनि खोज्छ भन्ने कुरामा ध्यान दिन सुझाव दिइन् ।

साहित्यकार हरिप्रसाद रिमालले आफ्नो घर, परिवार र कूलको इज्जत, मान र प्रतिष्ठा जोगाई राख्न सधै आदर्शपात्रको परिकल्पना परिवारले गर्ने बताउँदै योगसाधनाले पनि त्यही परिकल्पना गरेको बताए । सो अवसरमा अर्का साहित्यकार हरिनारायण भट्टराई   झापाका महाकाब्यकार र तिनीहरूको संक्षिप्त चर्चा गर्नुका साथै,  नेपालमा महाकाब्यकारका बारेमा जानकारी गराएका थिए । त्यस्तै कटुवालद्वारा लिखित महाकाब्यमा देखिएका केही ब्याकरणीय त्रुटी, तत्सम शब्दको प्रयोगका बारेमा सुझाव राखेका थिए ।

डिल्लीराज नेपालले कृतिको समिक्षा गर्दै जिन्दगीको उत्तरार्द्वतिर भोगाईलाइ रस रङ्गमा भरेर प्रस्तुत गरिएको, पूर्वीय दर्शनमा आधारित रहेको बताए । योगसाधनमा समेटिएको विषय वस्तु, प्रस्तुतिकरण, पात्र चरित्र  समाजलाई दिने सन्देश, साहित्य क्षेत्रमा कृतिको योगदान लगायतका विषयमा चर्चा गरिएको कवि नुरज भट्टराईले जानकारी दिए । छन्द कवि जय आचार्यले योगसाधना महाकाब्यको केही अंश वाचन गरेको कार्यक्रममा, टीका नेपालले गीत प्रस्तुत गरेकी थिइन् भने भगवती ढुङ्गेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।