बिराटनगर।

नेपाल प्रहरी कार्ययोजना २०८० कार्यान्वयन सम्वन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा शुक्रवार  शुरु भएको अभिमुखीकरण कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक तथा कार्यक्रमका प्रमुख अतिथि जयराज सापकोटा कार्यक्रम उद्घाटन गरेका थिए। 

उक्त अभिमुखीकरण कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौंका प्रहरी नायव उपरीक्षक खगेन्द्र धमलासहितको टोलीले प्रशिक्षण प्रदान गरेको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी कार्यालयका अन्वेशण योजना शाखामा कार्यरत ३७ जना प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरुको  उपस्थिति रहेको थियो  ।