मेचीनगर । 

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगर अध्यक्षमा जितेन्द्र बुढाथोकी निर्वाचित भएका छन् । तीन बर्षे कार्यकालको लागि शुक्रवार भएको निर्वाचनमा अध्यक्षका अर्का प्रतिस्पर्धी कमलप्रसाद शर्मालाई पराजित गर्दै बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् ।

१३८ जना मतदाता रहेको कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगर मध्ये ९३ जनाले मतदान गरेका थिए । जसमा २ मत बदर भएको थियो । अध्यक्ष पदमा बुढाथोकीले ६४ मत प्राप्त गरि विजयी हुँदा शर्माले २७ मत प्राप्त गरेका थिए। समितिको उपाध्यक्षमा भवानीप्रसाद सिटौला निर्वाचित भएका छन् । उनले ५७ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी लोकबहादुर नेपाल ३३ मत ल्याए ।

त्यस्तै सचिवमा आयुसमान निरौला, सहसचिवमा नरमाया निरौला (निर्मला) र कोषाध्यक्षमा सुनिता सोरेन सर्वसम्मत भएका छन्। नयाँ कार्यसमितिको सदस्यमा बिपिन काफ्ले, फकिरा मल्लिक, सरोज कुमार खनाल, लुना दाहाल, अनन्त दाहाल, रिना बस्नेत, मेनुका कार्की, जयबहादुर दाहाल, डम्बर कुमारी थापा, बिष्णु कुमार थापालगायत २१ सदस्यीय रहेको छ ।

कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगर अध्यक्ष रविनसन थापा मगरको अध्यक्षतामा भएको ९ औं अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ठ अतिथि उपप्रमुख मीना पोख्रेल उप्रेती र प्रमुख प्रशासकिय अधिकृत महेश पराजुलीले शुभकामना मन्तव्य राखेका थिए । सहसचिव दशरथ खडियाले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव पवित्रा सुब्बाले गरेकी थिइन् ।