हल्दिबारी ।
अनेरास्ववियु हल्दिबारीले सुर्तीजन्य पदार्थ बेच बिखनमा रोक लाउन स्थानीय सरकार लाई माग राखेपछि बालसञ्जालले पनि सोही माग अघि सारेको छ।
अनेरास्ववियु हल्दिबारीले बिद्यालय तहका बालबालिका तथा विद्यार्थी लागू औषध दुर्व्यसनी तथा सुर्तीजन्य पदार्थमा फसेको जनगुनासो व्यापकता पाइएकोले विद्यालय भन्दा ५०० मिटर वरपरका पसल, विद्यालयका सटरहरु जस्ता संवेदनशील स्थानहरुमा सुर्तीजन्य पदार्थ लगायतका वस्तु बेचबिखन गर्न निषेधसँगै ७ बँदे माग राखेको हो ।
अनेरास्ववियु हल्दिबारीका अध्यक्ष आशिष खरेलले हस्ताक्षर गरेको पत्र बिहीवार (आज) गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेबी मैनालीले बुझेकी हुन् ।
त्यस्तै हल्दिबारी स्तरीय बाल सञ्जालले पनि आज संजालको पाँचौं बैठकको निणर्य अनुसार गाउपालिकाका धेरै जसो विद्यालयको क्षेत्रमा लागु पदार्थ बेचविखन भइरहको र सो नेपालको कानुन विपरीत रहेकोले २०० मिटर भित्र सो कार्य गर्न बन्देज गर्नको लागि पत्रचार गरिदिनु हुनको लागि माग राखेको छ ।
सञ्जालका अध्यक्ष पवन गिरीले हस्ताक्षर गरेको पत्रमा गाउँपालिका सो कार्य रोक्न अनुरोध गरेको बुझिएको छ । बालबालिका र बिद्यार्थीको समुहले राखेको सोही माग गाउँपालिकाले पूरा गर्ने वा नगर्ने भन्ने बिषयमा चिया पसलहरुमा बहस सुरु भएको एक स्थानीयले बताए।