सुरुङ्गा ।
लायन्स क्लव अफ कनकाई सुरुङ्गाले लायन्सको ५२ औं स्थापना दिवस मनाएको छ । लायन्स क्लव अफ कनकाई सुरुङ्गा र लियो क्लव अफ कनकाई सुरुङ्गाले स्थापना दिवसका अवसर पारेर कनकाई माईस्थित कोटीहोम परिसरमा रहेका दिनदुःखी र गरिव मागेर खाने साधुसन्त र केटाकेटीहरुलाई खाद्यन्न बितरण गरेको छ ।
लायन्स क्लव सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेल, लियो क्लव सुरुङ्गाका अध्यक्ष रमण चौधरी लगायातको टोलीले कनकाई माई कोटीहोममा रहेका असहायलाई खानेकुरा बितरण गरेको थियो ।
त्यसैगरी लायन्स क्लव अफ कनकाईको आयोजनामा सुरुङ्गामा लायन्सकर्मी र पत्रकारविच अन्तरक्रिया कार्यक्रमको समेत गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष तथा लायन्सका डिस्ट्रिक सेक्रेटरी लीला चिमरियाले लायन्स क्लवको स्थापना मुख्य गरेर ४ उद्धेश्यले गरिने बताए । उनले लायन्सको मुख्य काम सेवा र त्यसपछि संगठन नेतृत्व विकास र फेलोसिप भएको जानकारी दिए ।
चिमरियाले नेपालमा सन १९७१ सालमा विराटनगरबाट तत्कालिन अवस्थामा मात्रिकाप्रसाद कोइरालाबाट यसको स्थापना भएको भन्दै हाल विश्वका २०६ देशमा लायन्स क्लव रहेको र विश्वका १४ लाखभन्दा वढी लायन्सको सदस्य रहेको जानकारी दिए ।
लायन्सको वारेमा पूर्वअध्यक्ष गंगाराम दाहाल, निर्वतमान अध्यक्ष डिआर सुवेदी, नयाँ लायन्स सदस्य टिकादेवि खतिवडा, लायन्सका पूर्वअध्यक्ष गंगाराम दाहाल, मनोज बस्नेत, पत्रकार सिएम शर्मा लगायातले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संञ्चालन लायक्स क्लव अफ कनकाई सुरुङ्गाका सचिव पंकज खडकाले गरेका थिए ।