झापा । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गलत कार्य गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई कारवाही शुरु गरेको छ । पार्टीले माओवादी केन्द्रका कोशी प्रदेश कमिटी सदस्य डम्बर पुलामी (कर्मा) लाई कारवाही गरेको छ । 

विभिन्न व्यक्तीहरुले विभिन्न खाले अन्याय भएकोले न्याय दिलाइ दिन माग गरेको भन्दै पार्टी कार्यालयमा दर्जनौ निवेदनहरु दर्ता भएको भन्दै कर्मालाई कारवाही गरेको हो । 

कर्मालाई गत ०७९ फागुन ४ र ५ को प्रदेश समितिको बैठकले, कार्यालयमा दर्ता भएका उजुरीहरुको छानविन गरी सत्य तथ्य के हो ? पत्ता लगाई प्रतिवेदन पेश गर्न एक छानविन समिति गठन गरिएको थियो । सोही छानबिन समितिले तयार पारेको प्रतिवेदन आधारमा उनलाई पार्टीले कारवाही गरेको छ । 

छानबिन समितिले तयार पारेको प्रतिवेदनमा भोजपुर सदरमुकामस्थित सहकारी काण्डमा झापा विर्तामोडकी गीता भट्टराई र सोनु तामाङसँगको जग्गा काण्डमा र सुन्दर हरैचा ननगरपालिकास्थित रमेश वि.क.लाई पास गरिदिइने भनिएको जग्गा वारे, त्यस्तै शिवसताक्षी ११ को नेपाल परिवारको जग्गा बैंक लिलामीवाट आफ्नो नाममा सकार्ने केसमा पार्टी, नेतृत्व र हैसियत भुलेर प्रशस्त कमी कमजोरी गरेको देखिएकोले कारवाही अगाडी बढाएको जनाइएको छ । 

पार्टीका कोशी प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) र गणेश उप्रेती (सुशिल) ले हस्ताक्षरण गरेको जानकारी सम्बन्ध पत्रमा भनिएको छ ‘आर्थिक लेनदेन सम्वन्धी सामाजिक संजालमा देखिने गालीगलौज, व्यवहारीक संवादमा तपाइले अरुलाई प्रश्तुत गर्ने गालीगलौजको भ्वाइस रेकर्ड, जिल्ला समन्वय समिति झापाको कारवाहीको माग सिफारिस आदी प्रमाण हेर्दा तपाइले एकपछी अर्को कम्जोरी क्रमस बढाउदै गएको प्रमाणित हुन्छ । अतः तपाइमा देखिएको पार्टी अनुशासन विपरितका व्यवहार र कार्यशैलीबाट यथा सिघ्र सच्चिन अनुरोध गर्दछौं ।’ 

पार्टीले कर्माको गतिविधिले पार्टीको प्रतिष्ठामा समेत आँच आएकोले प्रदेश समिति सदस्य र सो हैसियतले सम्हालेका सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ । प्रदेश पार्टी कार्यालयमा आर्थिक लेनदेनमा पिडित भएको भनेर न्याय माग्ने निवेदकहरुको चित्त बुझाइ २ महिना भित्र सच्चिएको चित्त बुझ्दो प्रमाण पेस नगरे पार्टीको विधान धारा ५७ (१) को ट र ड अनुसार कसुर गरेको ठहर गरी धारा ५७ को (२) अनुसार कारवाही लागि केन्द्रीय कार्यालयमा सिफारिस गरिने जारी जानकारी पत्रमा उल्लेख छ ।