झापा ।
झापाका तामाङ र मगर समुदायले विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोज्ने अधिवक्ता भगवती पाण्डे र उनलाई पक्राउ गर्न माग्दै गर्दै गरिएको आन्दोलनमा दमन गर्ने टेकु प्रहरीमाथि कारबाहीको माग गरेका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार जिल्ला प्रशासन कार्यलय चन्द्रगढी झापा पुगेका तामाङ र मगर समुदायका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी पोख्रेललाई ज्ञापनपत्र बुझाएका थिन् ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका सचिव मानबहादुर तामाङले वाचन गरेको ज्ञापनपत्र नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका अध्यक्ष जगत तामाङ र नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगरले हस्तान्तरण गरेका थिए ।
ज्ञापनपत्रमा शान्तिपुर्ण आन्दोलनका क्रममा कानुन विपरीत पक्राउ गरि हिरासतमा लिएर चरम यातना दिने प्रहरी र अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न माग गरिएको छ । पक्राउ पुर्जी जारी भएर पनि उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको समन्वयमा गत साउन १७ गते टेकु प्रहरी परिसर काठमाडौंमा आयोजित धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो ।
उक्त घटनाको घोर भत्र्सना गर्दै ज्ञापन पत्रमा घाइतेहरुको उपचार गर्न र उचित क्षतिपूर्ती दिन समेत मृहमन्त्री समक्ष माग गरिएको छ । आन्दोलनरत पक्षले सोमबार झापासहित ७७ वटै जिल्लामा विरोध प्रर्दशन प्रदर्शन गरेको थियो ।


















