झापा ।
झापाको दमक नगरपालिका नडा नम्बर ९ स्थित चिया वगानबाट प्रतिबन्धित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २२ बर्षिय रोहित गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।
गौतमलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर १ ग्राम फेला परेकोले नियन्त्रणमा लिएको हो ।
नियन्त्रण गरिएका उनलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।