विराटनगर । 

विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म ¥याम्पमा उत्रिएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले शनिवार आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर ¥याम्पमा उत्रिएका हुन् ।

फेसन शो मा तनस्काका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर दुई पुरुष र १६ महिला गरी १८ जना मोडेल प्रदर्शनीमा निस्किए । पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी ¥याम्पमा उत्रिए । उनीहरुसँगै चर्चित मोडेल कार्की र कलाकार निरौला पनि ¥याम्पमा उत्रिँदा कार्यक्रममा थप रौनकता बढेको थियो । 

। विराटनगरको गोग्राहा चोकस्थित कञ्चनजंघा व्याङ्केटमा भएको फेसन शो मा खचाखच दर्शक थिए । कार्यक्रममा गायिका सत्यकला राई र ¥याम्पर शैलेश निरौलाको सांगीतिक प्रस्तुतीले पनि कार्यक्रममा रौनकता बढाएको थियो ।