बिराटनगर।

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।


हिजो साँझ साढे ७ बजे झापाको झापा गाउँपालिका-४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका साईकलयात्री इलाम मङसेबुङ गाउँपालिका- ९ का ३० बर्षीय युवराज लिम्बुलाई संका लागि चेकजाँच गर्दा साईकलको ह्यान्डल भित्र लुकाई राखेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।


त्यस्तै गरी बिराटनगर महानरपालिका-१६ स्थितमा  लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश १-०२-०५२प ७५९६ नम्बरको मोटरसाईकल चालक बेलबारी- ४ का ३३ बर्षीय सनम गुरुङको साथबाट ९ सय १० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।


लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।