हल्दिबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले जग्गा वर्गीकरण गर्दा अवैज्ञानिक विधि अपनाएको भन्दै पालिकामा दलहरु आन्दोलित भइरहेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा पालिका र भूमिसुधार तथा मालपोत कार्यालय झापामा ज्ञापन पत्र बुझाई सकेका छन्।
भु–उपयोग तथा जग्गा वर्गीकरण नीति विरुद्ध संयुक्त कार्यदलको हल्दिबारीस्थित रेड्क्रस भवनमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रम तय गरेको छ । ध्यानाकर्षण पत्र बुझा यता पनि कुनै सुनवाई नभएको भन्दै बाध्य भएर आन्दोलनका कार्यक्रम घोषण गरेको नेकपा एमाले हल्दिबारीका इन्चार्ज नरेश चुडालले बताए ।
कार्यदलले संघर्षका कार्यक्रमलाई मजबुत बनाएर अगाडि बढाउने घोषण गरेको छ । साउन २१ र २२ गते ५ वटा नै वडाहरुमा संघर्ष समिति निर्माण गर्ने साथै वडावासीहरुलाई जगा वर्गीकरणको त्रुटि बारे जानकारी गराउने र साउन २३ गते गाउँपालिकामा धर्ना र कोणसभा कार्यक्रम आयोजना गर्ने बैठकले निर्णय गरेको बुझिएको छ ।
त्यसपछि पनि समाधान नआएमा आन्दोलनरत कार्यदलले स्थानीय जनताहरुको साथमा गाउँपालिका तालाबन्दी समेत गर्ने भएका छन्। आन्दोलनलाई सफल पार्ने दलहरुले संयुक्त रुपमा विज्ञाप्ति पनि जारी गर्ने बुझिएको छ ।