झापा । 

विभिन्न चार शुत्रीय माग पूरा नगरे देशभरका चिया बगान बन्द गर्ने चिया मजदुरले चेतावनी दिएका छन् । मागबारे यसअघि सम्बन्धित उद्योगीलाई अवगत गराइ सकेका मजदुरले झापाको काँकडभिट्टामा शनिबार बिरोध सभा गर्दै चार शुत्रीय माग पुरा नगरे देशभरका चिया बगान बन्द चेतावनी दिएका हुन् ।

कार्यक्रममा अखिल नेपाल चिया मजदुर संघका केन्द्रिय अध्यक्ष भुपाल सापकोटाले बिरोध सभालाई सम्बोधन गर्दै भने ‘अहिले चिया मजदुरहरुले ४ सय ३५ रुपैँयाँ मात्रै पारिश्रामिक पाउँदै आएका छन्, ‘उक्त पारिश्रामिकलाई बढाएर ५ सय २५ बनाउनुपर्ने माग राखेका हौं ।’ भदौ ७ गतेदेखि देशभरका चिया बगान बन्द गर्ने यसअघि नै निर्णय गरि सकेको बताउँदै अध्यक्ष सापकोटाले  त्यसकै दवाब स्वरुप यो आन्दोलन गरेको बताए । उनले मजदुरको उचित माग पूरा नगरे भदौ ७ गतेदेखि देशभरका चिया बगान बन्द गर्ने चेतावनी दिए ।

chiya majdur

मजदुरको उचित मागबारे उद्योगीलाई पटक–पटक ध्यानाकर्षण गराउँदा आनाकानी गरेपछि दवाब स्वारुप चरणबद्व आन्दोलनमा उत्रेको आन्दोलनरत पक्षको भनाई छ । मजदुरको न्युनतम पारिश्रामिक वृद्वी गर, पत्ती डबली वृद्वी गर, रोजगार सम्झौता लागु गर र योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर गरी ४ सुत्रीय माग अघि सारेर चिया मजदुरहरु आन्दोलित बनेका हुन् ।

विगत ३ बर्षदेखि मजदुरको पारिश्रामिक नबढेको जनाउँदै पारिश्रामिक बढाउनुपर्ने माग राखेर हामी आन्दोलनमा होमिएको सहभागी मजदुरले बताए ।  नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ, अखिल नेपाल चिया मजदुर संघले संयुक्त रुपमा चरणबद्व आन्दोलन सुरु गरेका हुन्