चारपाने ।
राधा माधव सेवा समिति बिर्तामोड (झापा) को अध्यक्षमा भु–विक्रम बस्नेत चयन भएका छन् । संस्थाको प्रथम साधारण सभाबाट बस्नेत अध्यक्षमा चयन भएका हुन् । राधा माधव सेवा समितिका जग्गादाता समेत रहेका बस्नेत सामाजिक क्षेत्रमा क्रियाशिल ब्यक्ति हुन् ।
समितिको उपाध्यक्षमा बिर्तामोड निवासी दुर्गादेवी ढकाल, सचिवमा कमला खरेल कार्की, कोषध्यक्ष विष्णुमाया खरेल पाण्डे र सह–सचिवमा शिवकुमार प्रसाई चयन भएका छन् ।
समितिको सदस्यमा टीकाराम ओझा, रामप्रसाद न्यौपाने, गिता कार्की, विमला बस्नेत र झुमा बस्नेत रहेका छन् । त्यस्तै राधा माधव सेवा समितिको संरक्षकको रुपमा बिनु गिरी चयन भएकी छन् भने विद्धत समाजको संयोजकमा रामप्रसाद दुलाल चयन भएका छन् । दुलालको संयोजकत्वमा २१ सदस्य समिति रहने छ । सदस्यमा विष्णु तिक्सिना, मदन पाण्डे, डम्बर बिकली, गिता प्रसाईलगायत छन् ।
सुनिल क्षेत्री संयोजक रहेको डीवाईसी समेत गठन भएको छ । गठित समितिका पदाधिकारी पछि थप हुने बताइएको छ । राधा माधव सेवा समिति बिर्तामोड जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेर धार्मिक आध्यात्मिक तथा समाजिक कार्य गर्दै आएको बताइएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यसमिति सदस्य तथा पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको साधारण सभामा संस्थाका निर्वतमान अध्यक्ष रामप्रसाद दुलालले संस्थाको गतिविधिका विषयमा प्रकाश पारेका थिए ।
राधा माधव सेवा समितिको सत्सङ भवन निर्माणमा सहयोग पु¥याउने उद्धेश्यले कार्यक्रमका प्रमुख अतिथी समेत भण्डारीले नगद पाँच हजार रुपैंयाँ सहयोगको घोषणा गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव दुर्गादेवी ढकालले गरेकी थिइन् ।