भद्रपुर । 

आर्दश सेवा समितिको आयोजनामा शनिवार (आज) आर्दश हाजिरी जवाफ प्रतियोगिता २०८० सम्पन्न भएको छ । एक महिनादेखि सञ्चालन भएको भद्रपुर–१० का टोलविकासका बालबालिकाहरुको हाजिरिजवाफ प्रतियोगिताबाट प्रथम भएका तीन वटा टिम बिच आज फाईनल प्रतियोगिता भएको हो।

संस्थाका कार्यबाहक अध्यक्ष बेनुप खनालको अध्यक्षतामा र शुक्रराज आधारभुत बिद्यालयका प्रधानाध्यापक तथा साहित्यकार कृष्ण सुबेदी निराकारको प्रमुख आतिथ्यमा आज अन्तिम चरणको  ‘आदर्श हाजिर जवाफ प्रतियोगिता २०८०’ को कार्यक्रममा भएको थियो।

प्रतियोगितामा कलवलगुरी टोल बिकास संस्थाले प्रथम स्थान हासिल गरेको छ भने क्रमश द्वितिय र तृतीय आदर्श टोल बिकास संस्था र सिद्धार्थ टोल बिकास संस्था भएका छन् । प्रतियोगितामा सहभागी प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्ने संस्थाहरुलाई आयोजक संस्थाबाट पुरस्कार बितरणसमेत गरिएको छ । 

बालबालिकाहरुको सर्वाङ्गिण विकास गर्ने उद्देश्यका साथ असार महिनाबाट लगातार  शिक्षा, स्वास्थ्य,  खेलकुद र साँस्कृतिक बिषयका बिभिन्न कार्यक्रमहरु भैरहेको कार्यक्रम सञ्चालन संस्थाका सचिब तुलसी कार्कीले गरेका थिए। भीम दहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रतियोगिताको प्रश्न पत्र आयुश न्यौपानेले तयार पारी हाजिर जवाफ  प्रतियोगिता सञ्चालन गरिएको थियो ।