लक्ष्मीपुर ।
राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आगामी साउन २२ गते कोशी प्रदेश अन्तरगत लिम्बुवान क्षेत्र बन्दको घोषणा गरेको छ ।
ऐतिहासिक सन्धी सम्झौतालाई कार्यन्वयनसहित कोशी प्रदेश पुनःनामाङ्कन गर्न दवाब स्वरुप साउन २२ गते (सोमवार) एकदिने बन्दको घोषणा गरेको हो ।
पहिचानबादीहरु तथा लिम्बुवानी जनताको स्वतन्त्रता र सार्वभौमिकता गुमेको दिनको रुपमा स्मरण गर्दै वर्तमान कोशी आन्दोलनको परिपूरककै रुपमा स्थापित गर्ने उद्देश्यका साथ बन्दको घोषणा गरिएको राष्ट्रिय जनमुक्ति पार्टीसहित छ घटका युवा नेता एलबि पालुङ्वाले जानकारी दिए ।
वर्तमान अवस्थामा देशमा रहेको ब्याप्त भ्रष्टाचार, भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, महँगी लगायतका बेथितिको सरकारलाई ध्यानाकर्षण गराउँदै खबरदारी गर्न एक दिने लिम्बुवान बन्द आह्वान गरिएको नेता पालुङ्वाले बताए ।
पार्टीले प्रदेशबासीलाई बन्दलाई आ–आफ्नो ठाउँबाट साथ–समर्थन र सहयोग गरिदिन अपीलसमेत गरेको छ ।
नेपालको राजनीतिमा संघीयता र जातीय मुक्तिको एजेण्डालाई प्रमुख रुपमा उठान गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले ०६६ साल साउन २२ गतेबाट बि.स. १८३१ को लिम्बुवान गोर्खा सन्धि धोका हो भन्दै कालो दिवसको रुपमा मनाउदै त्यसदिन लिम्बुवान बन्द गर्दै आइरहेको छ ।