दोलखा । 

दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् भने तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । 

बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको गौरीशंकर गाउँपालिका–८ वडाध्यक्ष दावा शेर्पाले जानकारी दिएका छन् । टोपाटारमा ३ घर पुरिएको छ। गएरातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ घर बगाएको छ। 

१५ घर विस्थापित भएको वडाध्यक्ष शेर्पाले जानकारी दिए। दुर्गम भएकाले पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ।