हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ३ मा निःशुल्क आँखा शिविर हुने भएको छ । नेपाल बिद्यार्थी संघ(नेबिसंघ) झापाको आयोजना तथा काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा भोली शुक्रवार आँखा शिबिर हुने भएको हो । 

‘दृष्टि जोगाऔं, अन्धोपन घटाऔं’ भन्ने मुल नाराका साथ संघले काजली बजारस्थित हल्दिबारी–२ को  राष्ट्रिय एकता प्राबिमा शुक्रवार बिहान १० बजेदेखि शिविर सञ्चालन गर्ने भएको छ । 

शिविरमा निःशुल्क आँखा चेकजाँच, निःशुल्क औषधि बितरण र निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिने जनाइएको छ । 

नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति झापाको आयोजना तथा नेपाल बिद्यार्थी संघ हल्दिबारी गाउँ समितिको समुन्वयमा बिहान ९ ः३० देखि शिबिर शुरू हुने नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य किशोर ढुङ्गेलले बताए।