झापा ।  

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार(आज) साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

आज बिहान १०  बजे लिने भनिएको शपथ ग्रहण भागबन्डा मिलाउन ढिलो हुँदा  थापाले साँझ साढे ५ बजेका लागि सरेको थियो । माओवादीका केन्द्रका बाबुराम गौतमलाई सभामुखबाट राजिनामा गराएपछि मुख्यमन्त्री बनेका थापाले शपथ लिएसँगै  गौतमसहित तीन जनालाई मन्त्री नियुक्त गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका  गौतमसहित भौतिक पूर्वाधार विकासमा नेकपा एकीकृत समाजवादीका कमल जबेगु र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा काँग्रेसका प्रदीपकुमार सुनुवार नियुक्त भएका छन् ।

   उनीहरूले पनि पद तथा गोपनीयताको शपथ  लिएका छन् ।