झापा । 

बहुबिवाह मुद्दामा नौ बर्षअघि फरार रहेकी एक जना महिला पक्राउ परेकी छिन् । झापा जिल्ला अदालतको मिति २०७१/०९/०७ गतेको फैसला अनुसार बहुबिवाह मुद्दामा फरार रेहेकी झापाको साबिक पृथ्विनगर–४ हाल भद्रपुर नगरपालिका वडा नं.२ की ३२ बर्षिया संगिता जोगी प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले शनिवार पक्राउ गरी आइतवार अदालतमा उपस्थिति गराएकाने हो । 

झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएकी फरार प्रतिवादीलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फरार प्रतिवादी प्रधानलाई १ बर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।