बिर्तामोड ।
राधा कृष्ण भजन किर्तन मण्डली बिर्तामोड १ को अध्यक्षमा पुजा काफ्ले खरेल निर्वाचित भएकी छन् । बिर्तामोडमा आज (शनिबार) भएको तेस्रो साधारणसभाबाट २ बर्षे कार्यकालका लागि खरेल निर्विरोध चयन भएकी हुन् । उनी यस अघिको समितिमा सचिव पदमा कार्यरत रहेकी थिइन् ।
त्यस्तै किर्तन मण्डलीको उपाध्यक्षमा हिमादेवी कडरीया चम्लागाई, सचिवमा रिता प्रसाईं भुर्तेल, सह–सचिवमा पुष्पा अधिकारी, कोषाध्यक्षमा लीलादेवी संग्रौला, सह–कोषाध्यक्षमा मेनुका श्रेष्ठ चयन भएका छन् ।
खिवलाल अधिकारी सयोजक तथा सुचित्रा धौराली र रुद्र संग्रौलाको निर्वाचन समितिले सर्व सम्मत किर्तन मण्डलीको सदस्यहरुमा कल्पना घिमिरे, जमुना संग्रौला, गोमा कुंवर, हिमादेवी पौडेल, रोमा तिवारी चयन गरेको हो ।
किर्तन मण्डलीकी अध्यक्ष सिता गिरीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । गिरीको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रमको प्रमुख अतिथि त्रिफला राष्ट्रिय पुस्ताकालयका केन्द्रिय अध्यक्ष प्रेमप्रकाश फलारी रहेका थिए ।
समितिका सह–सचिव भेषराज चम्लगांईले स्वागत गरेको कार्यक्रमको औचित्माथि प्रकाश उपाध्यक्ष रुद्रप्रसाद संग्रौलाले पारेको किर्तन मण्डलीका साधारण सदस्य डिल्लीराम खरेलले जानकारी दिए । समितिको कोषाध्यक्ष गिता भुर्तेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा झापा जिल्ला पतनजली योग प्रशिक्षक देवीप्रसाद घिमिरे, पण्डित प्रेमप्रकाश रिजाल, नमुना टोल विकासको अध्यक्ष विजय बुढाथोकी लगायतले शुृभकामना मनतब्य राखेका थिए ।