झापा ।

झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले भन्सार छलेर नेपाल भित्राउदै गरेको अवस्थामा अवैध सामग्री नियन्त्रण गरेको छ । 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ना.६ख ४९०२ नम्वरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा  TELEPHONE नाम लेखिएको भाडा माझ्ने साबुन २५ काटुन,  COCO ZEAL नाम लेखिएको हुक्काको कोईला ६० काटुन, Afzal Authentic Flavored Molasses  नाम लेखिएको हुक्काको फ्लेवर ८० काटुन र काँचको झ्यालीर झ्याम्टा २ हजार ४ सय ६५ किलोग्रामसहित अवैध सामग्री बरामद गरेको हो ।

ट्रकसहित प्रहरीले शुक्रवार नियन्त्रण गरेको करिव १ करोड २६ लाख २७ हजार ५ सय मुल्य बरावरको अवैध भन्सार छलीका सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यलय ईटहरी सुनसरी बुझाईएको छ ।

अवैध सामग्री ओसार पसारमा संलग्न रहेका ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास तथा अन्य अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।