बुट्टाबारी ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ मा औषधीजन्य बिरुवाहरु रोपिएको छ । महेश्वरी महिला मञ्च मेचीको आयोजनामा प्रगति सामुदायिक बन उपभोक्ता समितिमा बृक्षरोपण गरिएको हो ।
‘स्वच्छ हावा हरित समृद्ध धरा’नारा नारासहित मेघा मेडिसिनल ट्रे प्लानटेशन अन्तरगत शनिवार (आज) पूर्वाञ्चल क्षेत्रको झापा, इलाम सुनसरी, मोरङलगायतका विभिन्न जिल्लामा हजारौं औषधिजन्य बिरुवा रोपिदै गरेको मञ्चकी सचिव सुधा तोसनिवालले बताइन् ।
प्रगति सामुदायिक बन उपभोक्ता समिति अर्जुनधाराले कालिझोडा नजिक तारबार सहितको स्थान उपलब्ध गराएको जमिनमा पाँच सय औषधिजन्य निम, बेल, असोगन्धा, निलगिरी, रुद्राक्षलगायतका बिरुवा रोपिएको छ ।
मञ्चकी अध्यक्ष रिता चितलाङ्गियाको अध्यक्षता सञ्चालित कार्यक्रमको प्रमुख अतिथि प्रगति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बिकास निरौला, बिशेष अतिथि बन्दी सहायता नेपाल पूर्वाञ्चल शाखा अध्यक्ष जगतबहादुर मगर, त्रिदेव कलेजका अध्यक्ष हरिप्रसाद घिमिरे, स्वच्छ समाजका लागि सामाजिक अभियानका सचिव अभिचन्द्र बास्कोटा, महेश्वरी समाज मञ्चका अध्यक्ष महेश चितलिङ्गिया, सस्थापक सुधा गटानीको उपस्तिथि रहेको थियो ।
स्वच्छ वातावरणका लागि स्वच्छ अक्सिजन सबैको उतिकै अधिकार भन्दै रुख हाम्रो जीवन भएकोले सामाजिक कार्यका लागि बत्ताहरुले मञ्चलाई धन्यवाद तथा शुभकामना दिएका थिए ।
यसै क्रममा बिर्तामोडको बृद्ध आश्रम, अर्जुनधाराको जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय, अरुणोदय आधारभूट बिद्यालय लगायतका स्थानमा दुई हजार बिरुवा रोपिएको हो ।
अखिल भारत बर्षिय महेश्वरी महिला सगठनको पनि सहयोग रहेको साथै बिद्यालय र बन समितिले सुरक्षित जमिन उपलब्ध गराइ कार्यक्रम सफल बनाइ दिएको प्रति मञ्चकी अध्यक्ष रिता चितलाङ्गियाले धन्यवाद व्यक्त गरिन् । कार्यक्रमको औचित्य तथा स्वागत सचिव सुधा तोसनिवालले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।