झापा । 

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले शुक्रबार(आज) साउन १६ गते मंगलबार साँझ ५ बजेभित्र बहुमतको सरकारका लागि दाबी पेस गर्न दलहरुलाई आग्रह गरेका हुन् ।

उनले संविधानको धारा १६८ कोउपधारा ९२० बमोजिम कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

सर्वोच्च अदालतले भने सरकार गठनका लागि दाबी पेस गर्ने समय १७ गतेसम्म दिएको छ । खापुङले भने उक्त समयभन्दा एक दिनअघि नै मुख्यमन्त्रीमा दाबी पेश समय दिएका हुन् ।