बिराटनगर।

कोशी प्रदेश प्रहरी कार्यालय पिआईटी समुह र ईलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको धरान उप–महानगरपालिका–८ मा लागूऔषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले स्थानीय २२ बर्षीय साजन बिक,३३ बर्षीय सिताराम तामाङ, ४२ बर्षीय जनक राई, ३५ बर्षीय रबिन बराईली र २४ बर्षीय आलोक मगरलाई  २ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी मोरङको रंगेली नगरपालिका–४ स्थित ईलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले भारतिय नागरीक ७० बर्षीय भल्लु पासवानलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।