मेचीनगर । 

सरकारले जारी गरेको भुमि सम्बन्धि नियमानुसार मेचीनगर नगरपालिकाले जग्गा वर्गीकरणको कार्य सम्पन्न गरेको छ । कृषि, आवास लगायतमा जग्गा वर्गीकरणको सम्पूर्ण कागजात तयारीपछि  नगरपालिकाले मालपोत कार्यालय र नापी कार्यालय भद्रपुरमा हस्तान्तरण गरेको मेचीनगर नगरप्रमुखको सचिवालयले जनाएको छ ।

सचिवालले दिएको जानकारी अनुसार कागजातहरु भद्रपुरस्थित (जिल्ला) मालपोत कार्यालयका प्रमुख योगेन्द्र दुलाललाई नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीले हस्तान्तरण गरेको हो । साउन १७ गतेदेखि जग्गाको कित्ताकाट समेत खुल्ने सचिवालयले जानकारी दिएको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगरमा आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ, व्यवसायिक क्षेत्रतर्फ र आवासीय क्षेत्रतर्फ, औंद्योगिक क्षेत्रतर्फ, खानी तथा खनिज क्षेत्रतर्फ, वन क्षेत्रतर्फ, सार्वजनिक उपयोग क्षेत्रतर्फ, नदि खोला ताल सिमसार क्षेत्रतर्फ, साँस्कृतिक महत्त्वको क्षेत्रतर्फ आदि वर्गीकरण गरिएको जानकारी दिए । उनले नगरपालिकाले वर्गीकरण गरेको सबै जग्गाको कित्ताकाट आगामी बुुधबारदेखि खुल्ला हुने जानकारी दिए ।