काँकरभिट्टा ।

 मेचीनगर–६ काँकरभिट्टाबाट नियमित प्रकाशित खबरमञ्च साप्ताहिक आठौ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको सातौ बसन्त पार गरी आठौं वर्षमा प्रवेश गरेको हो ।

२०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । मेचीनगर नगरपालिका तथा आसपासका क्षेत्रलाई केन्द्रमा राखी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । 

छापा माध्यमबाट सुरु गरेको खबरमञ्च साप्ताहिकले हाल छापा र अनलाइन दुबै संस्करणलाई निरन्तरता दिइ रहेको छ । पत्रिकालाई यो अवस्थासम्म ल्याई पु¥याउन अमूल्य सल्लाह, सुझाव र साथ दिनु हुनै सबै पाठक वर्गमा पत्रिकाका प्रकाशक सम्पादक प्रकाश पौडेलले आभार प्रकट गरेका छन् ।