अर्जुनधारा ।
यलम्वर टाइम्स साप्ताहिक १६ औं वर्षमा प्रवेश गरेको छ । झापाको अर्जुनधारा नगरपालिकाकै एक मात्र अखबार यलम्बर टाइम्स श्रावणको पहिलो हप्ताबाट १६ औं वर्षमा प्रवेश गरेको हो ।
साप्ताहिकले १६ औं वर्ष प्रवेशसँगै यहाँसम्म ल्याइ पु¥याउन सहयोग गर्ने ग्राहक, विज्ञापनदाता, शुभचिन्तहरुप्रति आभार प्रकटगरेको छ । गाउँको सारथी बनेर समाचार सम्प्रेसण गर्दा जति सजिलो देखिए पनि व्यवसायिक रुपमा केही कठिनाईहरु आउने गरेको सम्पादक दिपीन राईले बताए ।यद्यपी गाउँको माया र सहयोग भने जुट्दै आएको उनले बताए ।
सम्पादक राईले गाउँमा रहेर खबरदारी र सुरक्षित गाउँ निर्माणका लागि यलम्बर टाइम्स निरन्तर उभिरहेको बताउँदै आउने दिनहरुमा जनताको पक्षमा रहेर अगाडि बढ्ने बताएका छन् ।
१६ औं वर्ष प्रवेशमा अखबार सञ्चालक तथा समावेशी प्रकाशन टीम उत्साहित भएको बताउँदै अझ उत्प्रेरणा थप्न ग्रामीण भेगमा रहेका विभिन्न संघ–संस्था तथा अखबारप्रेमी पाठकहरु साथै बुद्धिजिवीहरुको साथ र सहयोग उत्तिकै जरुरी रहेको जनाइएको छ ।
२०६४ सालबाट बिर्तामोडमा कार्यालय स्थापना गरी निरन्तर प्रकाशनमा रहेको यस अखबार २०७१ सालबाट भने स्थानीय अगुवाहरुको आग्रहमा अर्जुनधारा नगरपालिकामा रही ग्रामिण पत्रकारिता गर्दै आएको छ ।