बुट्टाबारी । 

स्वच्छ समाजका लागि सामाजिक अभियान झापालाई जमिन खरिद गर्न एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग प्राप्त भएको छ । 

अभियानले असहाय तथा दृष्टिबिहिनहरुको आवास निर्माणका लागि जमिन खरिद गर्न एक धुर एक दाता अन्तरगत अभियान चलाएको कार्यक्रममा अर्जुनधारा ११ माता मन्दिरका सहयोगी मनका धनी चन्द्रकुमार श्रेष्ठ एवम् ईश्वरा श्रेष्ठले उक्त रकम प्रदान गरेका हुन् ।

  दाता र कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा ११ का वडा अध्यक्ष खगेन्द्र इङ्गनामले संयुक्त रुपमा अभियानका अध्यक्ष गणेश ढुङ्गानालाई सहयोग बापतको चेक हस्तान्तरण हुन् । 

अर्जुनधारा ११ स्थित प्रगतिटोलमा जमिन खरिदका लागि दाताहरुले स्वैच्छिक सहयोग गरिरहेको सचिव अभिचन्द्र बास्कोटाले बताए । यसै क्रममा यसअघि सहयोगी मनका धनिहरु गोपिकृष्ण खरेल, सुनिता ओलि, दाताराम तिमसिना, निमा लिम्बू, शेरबहादुर थापालगायतले भुमिदान स्वरुप नगद सहयोग गरेको सल्लाहकार बोलप्रसाद कोइरालाले बताए ।

कार्यक्रममा असहाय एवम् दृष्टिबिहिनहरुलाई आवास बनाएर ब्यवस्थित ब्यवस्थापनमा लागेकोमा अभियानका सम्पूर्ण टिमलाइ अतिथि  रन्जिता शेर्पा, सल्लाहकार जगतबहादुर मगर, प्रमुख अतिथि खगेन्द्र इङ्गनाम, मोहनकुमार योगी, बुद्धिलाल चौधरीलगायतले धन्यवाद व्यक्त गरे । कार्यक्रमको सहजीकरण सन्चार संयोजक रन्जित परियारले गरेका थिए ।