काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार (आज) इटली जाने भएका छन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटली जान लागेका हुन्।
प्रधानमन्त्री साँझ ६ बजे कतार एअरलाइन्सको उडानमार्फत इटली जाने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डसँगै कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल पनि इटली जाने तय भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड र मन्त्री भूसालसँगै मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरू पनि भ्रमण टोलीमा छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटली भ्रमण स्वीकृत गरेको थियो । उनी चारदिन पछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।