सुरुङ्गा । 

सहिद डिल्ली गौतमको ३० औं स्मृति दिवसका अवसरका झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा एक दिने स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रम भएको छ । 

सहिद डिल्ली गौतम स्मृति प्रतिष्ठानको आयोजनामा बिहीवार (आज) भएको स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रममा सञ्चारकर्मी शिरोमणि खतिवाडा (सान्दाई) र तीर्थराज गरेललाई नगदसहित सम्मान गरिएको हो । 

प्रतिष्ठानका अध्यक्ष रबिन्द्र लम्सालको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख जिल्ला समन्वय समिति झापाका विश्वनाथ बरालले उनीहरुलाई सम्मान गरेका थिए । 

sibir

कनकाई २ नम्बर वडा कार्यालय एवम् कनकाई नगरपालिकाको आर्थिक सहयोगमा जेष्ठ नागरिक भवनमा भएको स्वास्थ्य शिविर कार्यक्रमको सह–आयोजक राष्ट्रिय युवा संघ नेपाल र अनेम संघ कनकाई –२ रहेका थियो भने प्राविधिक सहयोग कनकाई नगर हस्पिटलले गरेको थियो । स्वागत कनकाई–२ का वडाध्यक्ष बलराम राईले गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव बिनोद रानाले गरेका थिए । 

शिविरमा ओपिडि सेवा अन्तरगत सुगर, प्रेसर, दम, थाईराईड, प्रोष्टेट र मानसिक रोग सम्बन्धी परिक्षण, महिला प्रसुती सम्बन्धी पाठेघर क्यान्सर परिक्षण आङ्ग खस्ने समस्या सम्बन्धी परिक्षण र निःशुल्क औषधि वितरण समेत गरिएको थियो । 

उक्त स्वास्थ्य शिविरमा परिक्षण गरेको आधारमा नगर अस्पतालमा ५० प्रतिशत छुटमा कुनैपनि मेशिनरी परिक्षण सेवा उपलब्ध गराइने बताइएको छ । उद्घाटन कार्यक्रममा सहिद गौतमकी आमा पुन्यवती गौतम र श्रीमती देवका गौतम, कनकाई १ का वडाध्यक्ष सुशिलकुमार पोखरेल, कनकाई ३ का वडाध्यक्ष वडाध्यक्ष युवराज चम्लागाईलगायतको उपस्थिति रहेको थियो । शिविरबाट एक सय ७ जनाले सेवा लिएको डा. अभिषेक नायकले जानकारी दिए ।