- रन्जित परियार
इलाम ।
इलामको माई नगरपालिकाका वडा नम्बर ३ का दुई बालकलाई आवाससहित शिक्षा स्वास्थ्य प्रदान गर्ने गरि बन्दी सहायता नेपालले जिम्मा लिएको छ ।
गत जेष्ठ १८ गते आफ्नै जेठाजुले बुहारीलाई धारिलो हतियारले काटेर उपचार क्रममा १९ गते मृत्यु भएको थियो । उनका दुई छोरा दिलन र डिगेन खाती बेसाहरा बनेका थिए । बालकका बुबा दिलबहादुर २ बर्ष अघि नै बलात्कारको मुद्दामा इलाम कारागारमा रहेको र जेठाजु बुहारी र ती दुई बालकसँगै बस्तै आएका थिए ।
हत्यारा जुठाजुको खोजी भैरहेको सुरक्षाकर्मीको भनाइ छ । केहि दिन अघि बालकहरुलाई पालन पोषन गर्न कठिनाइ भएको तथा बालकका हजुरबुबा आमा पनि उनीहरुको ब्यवस्थापन गर्न नसक्ने अवस्था रहेको भन्दै इलाम कारागार मार्फत बालकका बुबालगायत स्थानीय जनप्रतिनिधि र अभिभावकहरुले बालकको लालनपालन र शिक्षाका लागि बन्दी सहायता नेपालकि संरक्षक तथा उपसभामुख इन्दिरा राना मगरलाई आग्रह गरेका थिए ।
साना बमलक भएकोले होम मदरले सबै समय हेर्न नसक्ने र सानालाई आफै हुर्काउने र ५ बर्षपछि मात्र होम मदरलाई जिम्मेवारी दिने भएकोले हुर्काउनका लागि सस्थाका संरक्षक इन्दिरा राना, सस्थाका पुर्वान्चल सचिव रन्जित परियार, माइ नगरपालिका ३ का वडाध्यक्ष देवकुमार तामाङ्ग र सामाजिक अभियन्ता भाग्य न्यौपाने हजुरबुबा दिल बहादुर खाती तथा स्थानीय बुध्दिजिबिको रोहवरमा सस्थाले बालक बुझेको हो ।
उनीहरुलाई काठमाडौ स्थित सस्थाको बालगृहमा नै आवाससहित शिक्षा, स्वास्थ्य ब्यवस्थापन मिलाएर राखिने सरक्षक रानाले बताइन् । बालकका अभिभावकसँग समय समयमा तथा चाड पर्वहरुमा भेटघाट गराउने र अभिभावकहरु कैद भुक्तानी भएपछि अभिभावकसँग पुनर्मिलन गराउने उनले बताइन् ।