सुरुङ्गा । 

झापाको कनकाई नगर क्षेत्रमा सभ्य समाजको निर्माण गर्ने उदेश्यले सो क्षेत्रका सचेत युवाहरु संगठित भएका छन् । नगरका विकृति बिसङ्गति बिरुद्ध लल्दै सभ्य समाज निर्माणका लागि युवाहरु संगठित भएका हुन् । 

कनकाई नगर क्षेत्रका सचेत युवाको भेलाले युवा पारस मैनालीको अध्यक्षतामा अस्त्र कनकाई युवा समाज गठन भएको छ । समाजको उपाध्यक्षमा बाबुप्रसाद लिम्बु, सचिवमा निशान बस्नेत, सह–सचिवमा साजन माझि र कोषाध्यक्षमा किसान बिष्ट रहेका छन्।

युवा समाजको सदस्यमा सुर्य तिम्सिना, गणेश मगर, हेम शिवाकोटी, समन माझि, सरोज तिम्सिना, विशान राई, एलविस लिम्बु, अभिषेक कुमाल, मदन संग्रौला, रेकट अधिकारी, राजेश कार्की, गंगा कार्की, अस्विन भुजेल, आकाश श्रेष्ठ, जीवन थापा, रोषन पौडेल, मौसम मगर, आर्यमन माझि, मानव न्यौपाने, निश्चल प्रसाई रहेका छन् ।

त्यस्तै समाजको सल्लाहकारमा त्रिलोचन चिमरिया, श्यामकुमार राई, रमेशचन्द्रबाबु मैनाली, झलक श्रेष्ठ, पुर्ण लिम्बु, तारा प्रसाई, किरण मैनाली, इन्द्र राई, सुरेन लिम्बु रहेका छन् ।

युवा समाजले स्थापनाकालदेखि नै कनकाई क्षेत्रको अव्यवस्थित रुपमा रहेको यातायात र बस स्टेण्ड लगायातका क्षेत्रमा काम थालिसकेको जनाइएको छ ।