बिर्तामोड। 

नेकपा (माओवादी केन्द्र) झापाले पार्टीकी अभिभावक सीता दाहाललाई झापामा श्रद्धाञ्जली अर्पण गरेको छ। माओवादी केन्द्रले बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा सोमवार (आज) श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको हो । 

 पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी दाहालको असार २७ गते निधन भएको थियो । पार्टीका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज झलकसिंह दलार्मीले शोक मन्तव्य राख्दै पार्टीले असल अभिभाक गुमाएको बताए । दिवंगत सीता माताले पार्टीलाई दिएकी योगदान चिरकालसम्म जीवन्त रहने उनले बताए ।

पार्टीका झापा जिल्ला समन्वय समिति संयोजक राजु आचार्य (अग्नि) को अध्यक्षतामा भएको श्रद्धाञ्जली अर्पण कार्यक्रमको सञ्चालन सचिव मोहन टुडू (सरोज) ले गरेका थिए ।  शोक सभामा पार्टीका केन्द्रीय सदस्य पूर्णसिंह राजवंशी, लक्ष्मी न्यौपाने ९सरु०, भोजेन्द्र चौलागाईं लगायत सयौंको संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । सहभागीहरुले सीता माताको तस्वीरमा पुष्पगुच्छा अर्पण गरेर दिवंगत आत्मको चिरशान्तिको कामना गरेका थिए ।

१० वर्ष लामो सशस्त्र द्वन्द्वको तयारी, द्वन्द्वको कठिन अवधिदेखि शान्तिप्रक्रिया हुँदै पार्टीलाई पटक–पटक सरकारको नेतृत्वमा पु¥याउन असीमित निःस्वार्थ योगदान दिने सीता दाहाल वि.सं. २०११ साल असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिएकी थिइन् । 

२०२६ सालमा प्रचण्डसँग विवाह बन्धनमा बाँधिएकी उनी बिवाह गरेको दुई वर्षपछि २०२८ सालमा कम्युनिष्ट आन्दोलनमा अबद्ध रहँदै आएकी थिइन् । राजनीतिमा तल्लो तह मानिने जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्म विभिन्न जिम्मेवारी निर्वाह गर्दै दाहाल पछिल्लो समय पार्टीको केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहेकी थिइन् । माओवादी भूमिगत हुनुभन्दा अगाडि दाहाल पञ्चायत अवधिमा समेत लामो समय भूमिगत जीवनमा रहेकी थिइन् ।

प्रचण्ड पत्नी सीताले लामो राजनीतिक जीवनमा कहिल्यै विवादास्पद काम गरिनन् । नेपालको राजनीतिमा नेताहरु परिवारका कारण विवादमा आएका थुप्रै उदाहरण छन् । तर, सीता दाहालले पार्टी अध्यक्ष प्रचण्ड र समग्र पार्टीलाई विवादमा तान्ने काम कहिल्यै गरिनन् । माओवादी पार्टीमा आफू जलेर अरुलाई उज्यालो दिने बत्तीको ‘सलेदो’को भूमिकामा दाहाल निरन्तर बसिन् ।

 यत्ति लामो राजनीतिक जीवनमा उनले कहिल्यै लाभको पद लिइन् । विवादास्पद अभिव्यक्ति दिइनन्  । स्वास्थ्यका कारण जीवनको कठिन घडीमा समेत उनले पतिको पदलाई लाभ लिनका लागि प्रयोग नगरेको उनको ६९ वर्षको उमेरमा प्रधानमन्त्री पत्नीको रुपमा भएको निधन भयो।