झापा । 

झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कनकाई माई खोलामा मृत अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । माई खोलामा डुवेर मृत भेटिएको शव शिबसताक्षी–८ ९० वर्षीय टेकबहादुर श्रेष्ठ रहेको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्रेष्ठको शवको पहिचान उनका नाती ३८ वर्षीय दिलबहादुर श्रेष्ठले गरेको प्रहरीले जनाएको छ । शनिवार (हिजो) साँझ ६ बजे शिवसताक्षी १० स्थित कनकाई माई खोलाको बीचमा घोप्टो परेको श्रेष्ठको शव डुबिरहेको अवस्थामा फेला परेको थियो ।

शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको जनाइएको छ ।