सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले  यस बर्षको कनकाई नगर विकास पत्रकारिता पुरस्कार सिएम शर्मालाई प्रदान गरेको छ ।  नगरको १३ औं नगरसभा तथा आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिकरणमा शुक्रवार शर्मालाई पुरस्कृत गरिएको हो ।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी र प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेले नगद १० हजार राशीसहित सम्मान गरेका हुन् । विगत २ दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएका शर्मा पत्रकार महासंघ झापाका सदस्य तथा प्रेस सेन्टर नेपालमा आवद्ध रहेका छन् भने ठोस खबर अनलाईनका सम्पादकसमेत हुन् । 

सोहि कार्यक्रममा विच उत्कृष्ट कृषकका रुपमा कनकाईका अगुवा कृषक झम्पकलाल आचार्य र रविलाल भट्टराईलाई समेत नगद १० हजार सहित सम्मान गरिएको छ । त्यसैगरि कनकाई नगरपालिकाका कर्मचारीहरु आइटी अफिसर खगेन्द्र मिश्र, इन्जिनियर विशाल थेबे, लेखापाल प्रकाश अधिकारी, कर्मचारीहरु समिक्षा खतिवडा, पवित्रा याक्सो, सोभित राई, मजेबुल मिया, तारादेवि पोखरेल र कविता वराइलीलाई समेत नगद १० हजारसहित उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको छ ।

त्यसैगरि सेवा निवृत हुनुभएका महिला स्वास्थ्य स्वयम सेविकाहरु सुमित्रा नेपाल, देविकुमारी पौडेल र राधादेवि कोइरालालाई समेत नगद १ लाखसहित सम्मान र विदाई गरिएको थियो । यसैविच नगरपालिकाले उत्कृष्ट करदाताहरु प्रफुल्ल पोखरेल, कुमारमणि पोखरेल, राजकुमार राजवंशी, छत्रबहादुर कार्की, बुद्धिमान बोहोरा र सम्भु शाहलाई समेत सम्मान गरेको थियो । सेवा निवृत भएकी सरस्वती मास्केलाई समेत सम्मानसहित विदाई गरिएको थियो ।

कार्यक्रममा कनकाई नगरपालिकाका ४ नम्बर वार्डका वडाध्यक्ष रोषन सुवेदी, ६ नम्बरका वडाअध्यक्ष दीर्घबहादुर थापा र ७ नम्बरका वडाध्यक्ष भुषण सिटौलाले आर्थिक बर्ष २०८०/८१ को बजेट पेश गरेका थिए । कार्यक्रमा उप्रप्रमुख आशाशर्मा शिवाकोटीले स्वागत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेले गरेका थिए ।