मेचीनगर । 

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१० औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरका चार जना प्रतिभाहरुलाई सम्मान गरेको छ ।

शुक्रवार (आज) काँकरभिट्टा स्थित भानुभक्त आर्चायको शालिकमा माल्यार्पणपछि खोनपानी कार्यालयमा आयोजित समारोहमा नेपाली क्रिक्रेट टिमकी कप्तान मेचीनगर निवासी रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना, सञ्चारकर्मी भूमिका सुब्बा फियाकलाई र कला संस्कृतिको क्षेत्रको प्रबर्धनका लागि नौमती बाजा, संगीनी नाचर खैजडी भजनमा योगदान गर्ने मेचीनगर–६ ज्येष्ठ नागरिक वडा समितिका तर्फबाट नारायण प्रसाईलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।

कप्तान रुविना क्षेत्रीलाई खेलकुद क्षेत्रमा, पत्रकार लिम्बुलाई सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भानु साहित्यिक पुरस्कारबाट सम्मान गरिएको छ । रुविनालाई २१ हजार र अन्य तीनजना प्रतिभाहरुलाई जनही ११ हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा कविता गोष्ठी र रामायण बाचन प्रतियोगिता समेत भएको थियो । विजेताहरु नगदसहित सम्मान गरिएको थियो । कविता गोष्ठीमा पहिलो हुने आदर्श माविका छात्र आदित्य काफ्ले, दोस्रो हुने बालकल्याण माविका छात्र चिरञ्जीवी कोइराला र तेस्रो हुने अरणीको माविकी छात्रा निर्जला दाहाललाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित सम्मान गरिएको थियो । त्यस्तै रामायण बाचनमा पहिलो हुने कविहरु रुद्रप्रसाद भण्डारी, दोस्रो हुने पर्शुराम तिम्सिना र तेस्रो हुने ईन्दिरा कुसुमलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगदसहित सम्मान गरिएको थियो ।