उदयपुर।
उदयपुरको त्रियुगा नगरपालिका–४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिकाको सडक लाईन बत्तीमा कार्यरत ४० बर्षीय युबराज राई बिजुलीको पोलमा चढी काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धानभ भईरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।