काठमाडौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई आउँदो ३० गतेसम्म स्थगित गरेका छन्। प्रधानमन्त्री प्रचण्डले श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका उनले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन्।
प्रधमान मन्त्री प्रचण्डले राजनीतिक तथा कुटनीतिक छलफल ३० गतेसम्मका लागि स्थगित गरेको प्रेस सल्लाहकार गोबिन्द आचार्यलाई जानकारी दिए ।
समवेदना प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार निधन भएको थियो। सीतालाई प्रचण्डसहित दुई छोरीहरु रेणु र गंगाले पशुपति आर्यघाटमा दागबत्ती दिएका थिए।