काठमाडौं ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको बुधवार (आज) बिहान नर्भिक अस्पतालमा  निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल भर्ना गरिएको थियो ।  प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित सीता दाहाल लामो समयदेखि बिरामी  थिइन् ।

उनको पार्थिक शरिर श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र) को केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडास्थित कोटेश्वरमा ११ बजेदेखि १ बजेसम्म राखिने र २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।