बिराटनगर ।
झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ७सात जनालाई पक्राउ गरेको छ । लागू औषध ब्राउन सगुरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमवार लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१३ का २५ बर्षीय तुलसी राजवंशीलाई ८५० मिलीग्राम लागूऔष ब्राउन सुगरसहित फूलवारी टोलबाट पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरी चौकी चारआलीको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–१ का २० बर्षीय बिशाल दमाईलाई २ ग्राम ५०० मिलीग्राम ब्राउन सुगरसहित चारआली चोकबाट पक्राउ गरेको छ ।
त्यस्तै सोही स्थानबाट स्थानीय २१ बर्षीय गणेश राजवंशी र अर्जुनधाराका २७ बर्षीय निकाश अधिकारी तथा मेचीनगर नगरपालिका–६ का ५५ बर्षीय डम्बरबहादुर तामाङ र मेचीनगर नगरपालिका–७ का १७ बर्षीय अभिषेक सिवालाई ४ ग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
यस्तै मोरङको बिराटनगर महानगरपालिका–१५ बाट ईटहरी–४ का उपेन्द्र ठकुरीलाई ०.४३ ग्राम लागूऔषध ब्राउन सुगरसहित लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।