बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ स्थित नगर अस्पताल जाने बाटोमा स्थानीयले धान रोपेर बिरोध गरेका छन् । ठेकेदार कम्पनीले समयमा बाटो निर्माण नगरेपछि महिनौदेखि स्थानीयले समस्या झेल्नु परेको भन्दै बाटैमा धान रोपेर स्थानीयले बिरोध जनाएका हुन् ।
ठेकेदार कम्पनीले बाटो निर्माण गर्न दिइएको मिति गत असार ५ गते सकिदासम्म पनि बाटो निर्माण नभएको भन्दै मंगलबार (आज) स्थानीयले बिरोध स्वरुप बाटैमा धान रोपेर जनाएका छन् ।
बाटो निर्माण गर्ने ठेकेदारको लापरवाहीका कारण ५/६ महिनादेखि बाटोमा आवत–जावतमा स्थानीयले सास्ती खेप्दै आएका छन् । उक्त बाटो प्रदेश र नगरको ५०/५० प्रतिशतको लगानीमा ठेकेदार कम्पनीलाई दिईको बताइएको छ ।
सोही क्रममा ठेकेदार कम्पनीको जेसीबिको चावीसमेत खोसिएको बताइएको छ ।