चन्द्रगढी ।
झापाको भद्रपुरमा विगत ३७ बर्षदेखि सन्चालित सिदार्थ शिशु सदनले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा नगरकै उत्कृष्ट नतिजा हासिल गरेको दाबी गरेको छ ।
यसबर्ष माध्यमिक शिक्षा परीक्षामा ३२ जना सहभागी बिद्यार्थीहरुमा ६ जनाले ए प्लस, ४ जनाले ए, १२ जनाले बि प्लस, ६ जनाले बि, ३ जनाले सि प्लस र १ जनाले सि ग्रेड प्राप्त गरेको बिद्यालयका प्रिन्सिपल श्याम देवानले बताए । प्रीन्सिपल देवानले भद्रपुर नगर क्षेत्रमा हालसम्म प्राप्त जानकारी अनुसार उक्त नतिजा नगरकै उत्कृष्ट नतिजा रहेको दाबी गरे ।
शैक्षिक सत्र २०८०/८१ का लागि Hotel Management , Computer Science र Business Qmudies बिषयहरुमा कक्षा ११ र १२ मा सम्पुर्ण पाठयपुस्तकहरु पुस्तकालयबाट प्रदान गरिने जनाइएको छ ।
शैक्षिक सत्र २०८/र८१ का लागि एसइइ लाइ आधार मानी ए प्लसलाइ १०० प्रतिशत, एलाइ ५० प्रतिशत र बि प्लसलाइ १० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको बिद्यालयका प्रबन्ध निर्देशक प्रकाश भन्डारीले बताए ।