झापा ।

झापाको कनकाई नगरपालिका वडा नं.३ माईपुल छेउबाट प्रहरीले भञ्सार छलेर ल्याइदै गरेको कपडा पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय सुरुङगाको संयुक्त प्रहरी टोलीले पुर्वबाट पश्चिमतर्फ जाने बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने उक्त कपडा पक्राउ गरिएको हो । 

भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको २ लाख ५६ हजार ४४० रुपैयाँ बराबरको कटन ब्लाउज १७६ पिस, राधे राधे गम्छा, कटन ब्लाउज १७६ र साडी ४५ थान बेवारिसे अवस्थामा फेला परेकोले बरामद गरीएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको कपडा आवश्यक कार्वाहीको लागि आइतवार (आज) मेची भन्सार कार्यालय काकँरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।