बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा सञ्चालित आदर्श स्कुल अफ म्यानेजमेन्टमा बिद्यार्थीको आकर्षण बढ्दै गएको छ । होटल म्यानेजमेन्ट बिषयबाट कक्षा ११ र १२ पास आउटपछि होटल तथा पर्यटकीय क्षेत्रमा रोजगारीको अवसर मिल्ने गरेकाले पनि पछिल्लो समय बिद्यार्थीको आकर्षण बढ्न थालेको हो ।
कक्षा ११ र १२ होटल मेनेजमेन्ट अध्यापन बिद्यार्थीले अन्य क्षेत्रमा काम नपाउने तथा अन्य बिषय पढ्न नपाउने हल्ला चलेको भएपनि मेनेजमेन्टको कुनैपनि बिषयमा अध्ययन गर्न सक्ने प्रबन्ध निर्देशक संजोग खरेलले बताए ।
होटल म्यानेजमेन्ट अध्ययन गरेका बिद्यार्थीका लागि ब्यवस्थापन, सामाजिक र शिक्षण पेशा संकायमा उच्च शिक्षा हासिल गर्न दर्बिलो आधार बन्ने उनको भनाई छ । कक्षा ११ र १२ अध्ययन सकिदासम्ममा नेपालको सिटीभिटी, मलेशियाको इटीभिए र क्यानाडाको एसडिसीको सर्टिफिकेट पनि प्रदान गरिने उनले बताए ।
प्रबन्ध निर्देशक खरेलका अुनसार हाल कक्षा १२ मा एकसय ५६ जना बिद्यार्थीहरु अध्ययनरत छन् भने कक्षा ११ का लागि भर्ना शुरु भएको छ । उक्त बिषयमा कक्षा १२ पाससँगै स्कुलले होटल तथा पर्यटन क्षेत्रको कुनैपनि क्षेत्रमा जागिरका लागि सहजीकरण गरिदिने भएकाले पनि होटल म्यानेजमेन्टमा बिद्यार्थीको आकर्षण बढेको शिक्षक नितेश साहले बताए ।
प्रयोगात्मक कक्षाका लागि चाहिने सम्पूर्ण होटल म्यानेमेन्टसँग सम्बन्धित बिभागहरुका आ–आफ्ना प्रयोगशालाको ब्यवस्था समेत रहेको शिक्षक साहले जानकारी दिए । बारिस्ता, बेकरी, २ वटा प्रयोगात्मक किचन, रेष्टुरेन्ट, हल, बार, हाउस किपिङलगायतका कक्षाका लागि प्रयोगात्मक सामाग्रीहरुसमेत उपलब्ध रहेको बताइएको छ ।
बिद्यालयमा शिक्षक तथा कर्मचारी गरेर ३० जना वढीलाई प्रत्यक्ष रोजगारी दिएको प्रबन्ध निर्देशक खरेलले जानकारी दिए ।