झापा । 

समाजवादी मोर्चाको पहिलो बैठक बस्ने भएको छ ।  मोर्चामा आवद्ध चार दलको बैठक शनिबार(आज) दिउँसो ३ बजे बस्ने भएको हो ।मोर्चामा नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् । मोर्चाले आफ्नो प्रमुख कार्यक्रम ‘नेपाली समाजवादको आधार तयार पार्ने’ जनाएको छ। 

 असार ४ असारमा समाजवादी मोर्चा गठन भएको थियो । सत्ताधारी गठबन्धनमा रहेका तीन दल र संसदीय प्रणाली नै नमान्ने भनेर बाहिर निस्किएको एक दल मिलेर समाजवादी मोर्चा घोषणा भएको छ । सत्ताधारी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी नेकपा मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । 

प्रतिनिधि सभामा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना गरी ५४ सांसद छन् । जसको नेतृत्व प्रधानमन्त्री प्रचण्डले गर्नेछन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने बताइएको छ । समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने भएको जनाइएको छ ।