बिराटनगर।

मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मोरङको रंगेली नगरपालिका–७ मा लागू औषध विक्री बितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली–६ का २४ बर्षीय शेफ खान र २८ बर्षीय दिपेश अग्रवाललाई समेतलाई ५० ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थानसहित पक्राउ गरेको हो ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानिय ४२ बर्षीय किशोर चौधरीलाई १० ग्राम ब्राउनसहित पक्राउ गरेको हो । लागू औषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।