मेचीनगर । 

मेचीनगर नगरपालिकामा चालुआर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी नगरक्षेत्रका सडक कालोपत्रे गरेको छ । नगरपालिकाले नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा आफ्नो, प्रदेश र संघिय सरकारबाट प्राप्त बजेटले नगरका बिभिन्न स्थानमा सडक कालोपत्रे गर्ने कार्यलाई तिब्रता दिएको  रहेको  हो ।

नगरपालिकाले प्रत्येक वडामा २ किलोमिटर कालोपत्रे बाटो निर्माण गर्ने गरिको योजना अगाडी बढाइएको बताउँदै मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमालले नगरमा ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे गरिसकिएको बताए ।

उनले संघ र प्रदेशको सरसर्थ अनुदानबाट मेचीनगर–१० मा करिब २.५ किलोमिटर तथा वडा नं ६, ७, र ८ को चार वटा स्थानमा करिब २.५ किलोमिटर कालोपत्रे निर्माण अन्तिम चरण रहेको बताए । त्यस्तै झापा मार्गमा १२ सय मिटर र पुस्प लाल मार्गमा १ किलोमिटर निर्माण कार्य पनि अन्तिम चरण रहेको बताए ।

नगरपालिकाले भौतिक पुर्वाधारसँगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिदैं आइरहेको छ । त्यस्तै पर्यटन प्रवर्धन, खानेपानी, विजुली बत्तीलगायतका क्षेत्रमासमेत काम गर्दै आइरहेको छ ।